पेले भन्छन्- ‘मजबुत छु, विश्वकपमा ब्राजिलको खेल हेरिरहेको छु’
अखबार टुडे
प्रकाशित:
२०७९, १८ मंसिर

काठमाडौं, १८ मंसिर (एजेन्सी) । ब्राजिलका महान फुटवलर पेलेले अस्पतालबाट आफ्ना समर्थकलाई एक सन्देश जारी गरेका छन् । आफू सकारात्मक र मजबुत रहेको उनले सन्देशमा भनेका हुन् ।

इन्स्टाग्राममा पोस्ट गरिएको एक सन्देशमा पेलेले लेखेका छन् ‘म सबैलाई शान्त र सकारात्मक राख्न चाहन्छु । म आसाले भरिएको छु । मजबुत छु ।’

पेलेले आफ्ना लागि सर्मथकहरुले दिएको सन्देश र वर्ल्डकपमा ब्राजिलको खेलले आफूललाई उर्जा दिइरहेको बताएका छन् । उनले लेखेका छन्, ‘मलाई भगवानमा विश्वास छ र विश्वभरबाट मिलिरहेको माया भरिएको सन्देशले उर्जा भरिरहेको छ । म विश्वकपमा ब्राजिलको खेल हेरिरहेको छु । यी सबै चिजका लागि धन्यवाद ।’

८२ वर्षे पेलेलाई मंगलबारदेखि श्वास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी साओ पाउलोको इस्राइलीटा अल्बर्ट अइस्टीन अस्पतालमा भर्ना भएका छन् ।

शनिबार सार्वजनिक भएका उनको रिर्पोटमा उनको अवस्था नाजुक रहेको र उनको शरीरमा किमोथेरापीको कुनै असर नपरेको भनिएको थियो । पछि अस्पतालले एक बयान जारी गर्दै पेले ठिक रहेको र उनको शरीरले उपचारको प्रतिक्रिया दिइरहेको बताएको थियो ।

प्रतिक्रिया