सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित
प्रकाशित:
२०७९, १५ मंसिर

काठमाडौं, १५ मंसिर । सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।
उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३७१ मत पाए ।
कार्की जितसँगै दोस्रो पटक संसद भवन प्रवेश गर्ने भएका छन् । कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी –४ बाट चुनाव लड्दै आएका छन् । २०७४ को निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
