धनुषाबाट एमालेका महासेठ दम्पतीले जिते प्रत्यक्ष चुनाव
अखबार टुडे
प्रकाशित:
२०७९, १३ मंसिर

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका महासेठ दम्पतीले धनुषाबाट प्रत्यक्षमा चुनाव जितेका छन् । एमाले सचिव रघुवीर महासेठ र उनकी पत्नी जुली महतोले एकै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद चुनिएका हुन् ।

एमाले केन्द्रीय सदस्यसमेत रहेकी जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी छन् ।

जुलीले ३३ हजार ३५५ मत पाइन् भने अनिल झाले २३ हजार ६८६ मत ल्याए । समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन् ।

उनका श्रीमान् रघुवीर महासेठले धनुषा क्षेत्र नं. ४ मा कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पराजित गरेका छन् । रघुवीरले ३२ हजार २३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार ११२ मत पाएका छन् । २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए ।

प्रतिक्रिया