दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन
अखबार टुडे
प्रकाशित:
२०७९, १२ मंसिर

काठमाडौं, १२ मंसिर । रद्द भएका दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ पुनः मतदान हुने भएको छ । सोमबार बिहान बसेको निर्वाचन व्यवस्थापन समितिले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको हो ।

पुन मतदान गर्ने निर्णय गरेसँगै त्यसको तयारी आजैबाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले आइतबार मात्रै मङ्सिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो ।

त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया