बहुमत पुग्ने दाबी गर्दै गृहमन्त्री खाणले भने, ‘अब पनि गठबन्धनकै सरकार बन्छ’
अखबार टुडे
प्रकाशित:
२०७९, ११ मंसिर

काठमाडौं, ११ मंसिर । गृहमन्त्री बालकृष्ण खाणले अब पनि पाँच दलीय गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाणले चुनावी परिणाम आइसकेपछि गठबन्धनकै सरकार बन्ने बताएका हुन् । अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने उनको दाबी छ ।

उनले भने, ‘अब गठबन्धनकै सरकार बन्छ । पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ । नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ ।’ अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताए ।

उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुंगो लगाउने बताए ।

रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका खाणदे जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया