सुनसरी १ मा रास्वपाका गोमा तामाङलाई पछ्याउँदै अशोक राई
प्रकाशित:
२०७९, ११ मंसिर

काठमाडौं, ११ मंसिर । सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले सुरूआती अग्रता अझै कायम राखेकी छन् ।
उनले १२ हजार ८५५ मत ल्याएकी छन् भने एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राईले १२ हजार ५०४ मत पाएका छन् । राई गोमा भन्दा ३५१ मतले पछि पारेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ९ हजार ९०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोको मत ६ हजार ७२८ ल्याएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ५ हजार ८९१ मत पाएका छन् । निर्वाचन आयोगका अनुसार ६१ हजार ४८९ मत गणना सकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
