मकवानपुर १ मा कांग्रेस सहमहामन्त्री डीना र कमल थापालाई पराजित गर्दै राप्रपाका सिंह विजयी
प्रकाशित:
२०७९, ८ मंसिर

मकवानपुर, ८ मंसिर । मकवानपुर क्षेत्र नं.१ बाट राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
कुल ९१ हजार ५८३ मत खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे ।
राप्रपा हेटौंडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
