सोलुखुम्बुबाट नेकपा एमालेका मानवीर राई निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडौं, ८ मंसिर । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले केन्द्रीय सदस्य राईले बाजी मारेका छन् ।

प्रतिक्रिया