फिफा विश्वकप-२०२२ : जर्मनीविरुद्ध जापानको रोमाञ्चक जित
प्रकाशित:
२०७९, ७ मंसिर
काठमाडौं, ७ मंसिर । फिफा विश्वकप–२०२२ मा जापानले जर्मनीमाथि रोमाञ्चक जित हासिल गरेको छ । बुधबार साँझ भएको खेलमा जापानले जर्मनीविरुद्ध २–१ गोलले पराजित गरेको हो । समूह ‘ई’ को खेलमा जर्मनीले खेलको ३३ मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । गुन्डोआनले जर्मनीका लागि गोल गरेका थिए ।
जापानले ७५ मिनेटमा बराबरी गोल फर्कायो । जापानका लागि रिस्तु डोआनले बराबरी गोल गरेका थिए । ८३ मिनेटमा ताकुमा असानोले अर्को गोल गरेपछि पूर्वविश्वविजेता जर्मनी दबाबमा परेको थियो ।
अन्त्यसम्म पनि जापानले आफ्नो अग्रता कायम राखेपछि जर्मनी विश्वकप २०२२ को पहिलो खेलमै पराजित हुन बाध्य भयो । खेलमा जर्मनीले २५ पटक गोलका लागि प्रयास गर्दा ८ प्रहार अन टार्गेन हानेको थियो ।
जापानले भने ११ प्रहारमध्ये तीन प्रहार अन टार्गेन हानेको थियो । जसमा दुई प्रहार गोलमा परिणत भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार