गोरखा-२ : मतगणना नसकिँदै प्रचण्ड मतले प्रचण्ड विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ७ मंसिर

गोरखा, ७ मंसिर । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतगणना नसकिँदै विजयी भएका छन् । २१ हजार ७५ मत ल्याएर अग्रस्थानमा रहेका प्रचण्डले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १२ हजार ६ सय १२ मतले पछि पारेका छन् ।
अब गोरखा–२ मा १२ हजार ५७१ मत गन्न बाँकी छ, त्यसैले प्रचण्डको जित निश्चित भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४६३ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले ५ हजार ६३७ मत ल्याएका छन् । उनी सुरुदेखि नै तेस्रो स्थानमा रहेका छन् । यो निर्वाचन क्षेत्रमा ५३ हजार ९७८ मत खसेको थियो ।

प्रतिक्रिया