कैलाली-३ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित
प्रकाशित:
२०७९, ६ मंसिर

धनगढी, ६ मंसिर । कैलाली क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी निर्वाचित भएका छन् । उलने सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् ।
उनले २३ हजार १ सय २० मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाए भने एमालेका पूर्वमन्त्री समेत रहेका गौरीशंकर चौधरीले ९ हजार ८७४ मत प्राप्त गरे ।
यस्तै, राप्रपाका वीरेन्द्र बमले भने ७ हजार ४७ मत प्राप्त गरे । जम्मा ६३ हजार ४४० मत खसेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
