राप्रपाले खोल्यो खाता: काठमाडौं क्षेत्र नं. २ (क) मा सुनिल केसी विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर

काठमाडौं, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ ।
काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसी निर्वाचित भएका हुन् ।

उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् ।

बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई केसीले १ हजार ५१९ मतान्तरले पराजित गरेका हुन् ।

प्रतिक्रिया