
काठमाडौं, ६ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतको उदय निश्चित जस्तै देखिएको छ ।
निकै चासोका साथ हेरिएको यो क्षेत्रमा सीके राउत आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि छन् ।
मंगलबार बिहानसम्मको मतगणनाअनसार अध्यक्ष राउतले ११ हजार ६ सय ६९ मत ल्याएका छन् । नेकपा एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले ५ हजार ८ सय ४६ मत ल्याएका छन् । यादव राउतभन्दा ५ हजार ८ सय २३ मतले पछाडि छन् ।
त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत ल्याएका छन् ।
सप्तरी–२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो । यस्तै, यस पटक राउत संसद छिर्ने पक्का जस्तै देखिएको छ ।
