चित्रलेखा यादव र राजकिशोर यादवको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन
अखबार टुडे
प्रकाशित:
२०७९, ५ मंसिर

काठमाडौं, ५ मंसिर । सिरहा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार सुरेशकुमार कार्कीले नेपाली काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जनता समाजवादी पार्टीका राजकिशोर यादवको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

कार्कीले सोमबार आयोगमा निवेदन दर्ता गराएका हुन् । उनले काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जसपाका राजकिशोर यादवले चुनावमा रकम बाँड्नुको साथै भोजभतेरसमेत गरेको भन्दै उनीहरूको उम्मेदवारी खारेजीको उनले माग गरेका छन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजि उनीहरुलाई कारबाही माग गरिएको हो । दुई उम्मेदवारले कात्तिक २५ गतेदेखि मङ्सिर ४ गते मतदान हुँदासम्म मतदातालाई प्रभाव पर्ने गरी घरघरमा गएर रकम बाँडेको र भोजभतेर गरेको आरोप स्वतन्त्र उम्मेदवार कार्कीले लगाउँदै उनले ऐनको दफा २१ को उपदफा (२) बमोजिम हदैसम्मको सजाय गरी दुवैको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

प्रतिक्रिया