भारतबाट पेट्रोलको मूल्य घटेर आयो, डिजेलमा बढ्यो
प्रकाशित:
२०७९, १ मंसिर

काठमाडौं, १ मंसिर । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटाएर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
बुधबार आइओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटेको छ । त्यस्तै, डिजेलमा भने एक रूपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ ।
मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ । त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ ।
अब निगमको घाटा–नाफा १५ दिनमा खपत हुने डिजेलको आधारमा निर्भर रहन्छ । डिजेलको माग बढ्यो भने १५ दिनमा १५ देखि २० करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
