१५ हजार थान नक्कली मतपत्रसहित एक भारतीय नागरिक पर्साबाट पक्राउ
प्रकाशित:
२०७९, ३० कार्तिक

जनकपुरधाम, ३० कात्तिक । प्रहरीले १५ हजार थान नक्कली मतपत्रसहित एक भारतीय नागरिकलाई पर्साबाट पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ दसौताबाट ती नागरिकलाई पक्राउ गरेको हो ।
भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए । उनका अनुसार भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । कुन कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको बताइएको छ ।
पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन् । यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ । उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
