चितवनमा उमेश श्रेष्ठको गाडीमा तोडफोड
अखबार टुडे
प्रकाशित:
२०७९, ३० कार्तिक

चितवन, ३० कात्तिक । चितवनको भरतपुरमा चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बजेतिर तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० मा गाडी रोकेर भेटघाटमा गरीरहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ । श्रेष्ठ चितवन क्षेत्र नम्बर–२ प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार हुन् ।

प्रतिक्रिया