नेपालले सन् २०२७ मा यु-१९ क्रिकेट विश्वकप आयोजना गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २७ कार्तिक

काठमाडौं, २७ कात्तिक । नेपालले महिलातर्फको विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला टी–२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको छ । जसमा नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला टी २० विश्वकपको आयोजना गर्नुपर्नेछ ।

नेपालले कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको यो पहिलो पटक हो । २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू–१९ महिला टी २० विश्वकप आयोजना हुन लागेको छ । नेपाल महिला विश्वकप छनोट हुन् सकेन । यस्तै सन् २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् ।

प्रतिक्रिया