तोसिमालाई आयोगको निर्देशन- घण्टी बजाएर निर्वाचन प्रचारप्रसार नगर्नु, ध्वनि प्रदूषण हुन्छ
प्रकाशित:
२०७९, २३ कार्तिक

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न निर्देशन दिएको छ ।
आयोगेले घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै ललितपुर–३ की उम्मेदवार कार्कीलाई यस्तो निर्देशन दिएको हो ।
प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।
आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको कार्कीले जानकारी दिइन् । समितिले घन्टीले ध्वनि प्रदूषण भएको उजुरी परेको जानकारी गराउँदै घन्टी बजाउँदै चुनावी प्रचार नगर्न निर्देशन दिएको उनको भनाई छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
