काठमाडौं-५ : यस्तो छ प्रदीप पौडेल बलियो हुनको आधार
अखबार टुडे
प्रकाशित:
२०७९, १८ कार्तिक

काठमाडौं, १८ कार्तिक । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी प्रचारप्रसारमा व्यस्त छन् । काठमाडौं–५ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका पौडेल मतदाताको घरदैलो चहार्दै गर्दा आफ्नो जितप्रति विस्वस्तसमेत हुन थालेका छन् ।

चुनावी मैदानमा उत्रिएसँगै ‘जनताका समस्यालाई निर्भीक ढंगले उठान गर्ने’ बताउँदै आएका पौडेलले युवाहरुको राम्रै साथ पाइरहेका छन् । विद्यार्थी राजनीतिकमा निखारिएका पौडेलका लागि संसदीय निर्वाचन नौलो हो । पुराना नेताहरुसँग जनता वाक्कदिक्क भइरहेको अवस्थामा प्रदीप ‘फ्रेस अनुहार’ भएकाले पनि उनलाई युवाको समर्थन मिल्दै गएको छ ।

उनी हरेक चुनावी कार्यक्रममा बोल्दै र बोलिरहेका छन्, ‘तपाईंहरूले मलाई मत दिएर जिताउनुभयो भने म संसदमा पुगेर निर्भीक भएर बोल्नेछु । तपाईँहरूका समस्या निर्भीक भएर उठाउँछु ।’

काठमाडौं–५ मा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिएर आफूले काम गर्ने उनको भनाइ छ । आफू सांसद विजयी भए बौद्धिक वर्गलाई नेपालमै राख्न आफूले भूमिका खेल्ने समेत बताउँदै आएका छन् ।

नेता प्रदीपले ‘बीसीडी’को आफ्नो चुनावी नारा बनाएका छन् । बीसीडी अर्थात स्टप ब्रेनड्रेन, फाइट करप्सन र सस्टेनेबल डेभलपमेन्ट ।

बौद्धिक वर्ग विदेशिनेक्रम बढेकाले देशमा सोचेजस्तो विकास नभएको अवस्थालाई नजरअन्दाज गर्दै उनको भनाइ छ, ‘यदि देशमै बौद्धिक वर्गलाई राख्न सके देशका विकास हुन्छ र विकाससँगै रोजगारी पनि सिर्जना हुन्छ ।’

प्रदीप बलियो हुनुको आधार
काठमाडौं–५ मा प्रदीपको मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार ईश्वर पोखरेल हुन् । एमालेले यो क्षेत्रलाई स्थानीय तहको निर्वाचनलाई आधार मान्दै ‘सुरक्षित’ ठानेको छ । तर, एमालेभन्दा गठबन्धन बलियो देखिएको छ ।

काठमाडौं–५ नेपाली कांग्रेसले लगातार दुई पटक जितेको क्षेत्र हो । यो क्षेत्रमा कांग्रेस नेता नरहरि आचार्यले लगातार दुई पटकसम्म चुनाव जितेका थिए । प्रदीपलाई आचार्यलाई नैतिक समर्थन गरेका छन् ।

यो क्षेत्रमा २०७४ मा भने माओवादीको समर्थनमा एमाले नेता ईश्वर विजयी भएका थिए । तर, त्यो बेला ईश्वरले २३ हजार २९ मत प्राप्त गर्दा कांग्रेसका महतले १३ हजार ६९ मत प्राप्त गरेका थिए । तर, अहिले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलीय गठबन्धन एकातर्फ छ भने एमाले, जसपालगायतसँग अर्को गठबन्धन छ ।

स्थानीय तह निर्वाचनमा एमालेले १९ हजार ७०३ मत पाउँदा कांग्रेसले १४ हजार ८५३, एकीकृत समाजवादीले १ हजार ८ सय २७ र नेकपा माओवादी केन्द्रले १ हजार १ सय ६८ मत पाएका थिए ।

गठबन्धनका सहयात्री माओवादी र एकीकृत समाजवादीकोे उपस्थिति कमजोर भएप्नि अधिकांश वडामा आफ्ना उम्मेदवार रहेकाले स्थानीय तहको मतलाई आधार मान्न नमिल्ने विश्लेशकहरु बताउँछन् ।

युवाको समर्थन
यस्तै, प्रदीपलाई युवाको समेत समर्थन पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकाहरूले समेत उनको विरोध गरेका छैन । अन्य नेताहरुको विरोध गर्दै यो क्षेत्रमा झण्डै दर्जनले स्वतन्त्रले उम्मेदवारी दिएका छन् । उनीहरुलेृ प्रदीपको आलोचना गर्न सकेका छैनन् । ‘प्रदीप जिताऔँ अभियान’मा समेत युवाको संलग्नता राम्रै देखिन्छ ।

#Pradeeppaudel

#nepalelection-2079

प्रतिक्रिया