डडेल्धुरामा देउवालाई स्वागत गर्न प्रतिष्पर्धी सागर ढकाल मालासहित लाइनमा
प्रकाशित:
२०७९, १७ कार्तिक

काठमाण्डौं, १७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् । डडेल्धुरामा आमसभा र चुनावी घरदैलो कार्यक्रमका लागि देउवा निजी खर्चमा हेलिकप्टरमार्फत डडेल्धुरा पुगेका हुन् ।
देउवा डडेल्धुरा जाँदा रोचक दृश्य देखिएको छ । देउवाको खरो आलोचना गर्ने र उनकै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल पनि देउवालाई स्वागत गर्न मालासहित लाइनमा बसेका छन् ।
अब नयाँ पुस्ता नेतृत्वमा पुग्ने भन्दै ढकालले प्रधानमन्त्री देउवाकै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धीलाई स्वागत गर्न लाइनमा बसेर आफूले राजनीतिक संस्कारको उदाहरण देखाउन खोजेको ढकालले बताएका छन् ।
२०४८ सालदेखि लगातार डडेलधुराबाट चुनाव जित्दै आएका देउवालाई यसपटक हराउने भन्दै ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
