
काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार अध्यक्ष केपी शर्मा ओलीले हात स्क्यान गरेर डिजिटल रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्र सार्वजनिक गर्दा पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठलाई उद्घोषण गराएका थिए । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ ।
एमालेको २० ग्यारेन्टीमा के के छन् ?
१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी: बजार विदेशी
५. सुरक्षित छाना: पुग्छ सबैको चाहना
६. कमाइ: युवाको रोजाई
७. पढाइ: भविष्यको जग बसाइ
८.सुगर प्रेसर: भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर: १० हजार लिटर
१० फ्रि युनिट: ५० युनिट
११ खेतबारीमा पानी: खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार: विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार: सहर बजार
१४. नो लाइन: सेवा अनलाइन
१५. ५ लाख रोजगार: न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता: सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी: १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार: आइटीमा चमत्कार
१९. हामी समाजिम: सभ्य नागरिक
२० हाम्रो अर्थ: १०० वर्ष
घोषणापत्रको पूर्णपाठ :
