सशस्त्र प्रहरीका २ जना सई निलम्बित
अखबार टुडे
प्रकाशित:
२०७९, १५ कार्तिक

काठमाडौं, १५ कात्तिक । सशस्त्र प्रहरीले दुई जना नायव निरीक्षक (सई) लाई निलम्बन गरेको छ ।
सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी र बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो ।

उनीहरुमाथि विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । सुवेदीले सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु पु¥याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेको आरोप छ ।

यही कात्तिक ४ गते सुवेदीको नेतृत्वको टोली चढेको सशस्त्रको ट्रक बाणगंगा नगरपालिकाको सिउटीमा दुर्घटना भएको थियो । जसमा तीन जना सशस्त्र र एक जना सर्वसाधारणको मृत्यु भएको थियो भने सुवेदीसहित तीन जना घाइते भएका थिए ।

यस्तै कृष्णबहादुर मगरमाथि भने गत असोज २० गते भारतीय भूमिमा मृत्त अवस्थामा फेला परेका सहायक निरीक्षक सत्य नारायण यादवको घटनाको प्रारम्भि छानबिनमा विभागीय नीति तथा आदेश विपरीत काम गरेको आरोप छ ।

प्रतिक्रिया