क्रिकेटर सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्षको कैद सजाय माग
अखबार टुडे
प्रकाशित:
२०७९, १४ कार्तिक

काठमाडौं, १४ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

नाबालिक बलात्कार मुद्दामा हिरासतमा रहेका लामिछानेविरुद्ध १० देखि १२ वर्षको कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । त्यसबाहेक पीडितलाई उचित क्षतिपूर्ति दिइनुपर्ने समेत माग गरिएको छ ।

सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि न्यौपानेका अनुसार थुनछेक बहस आजै सुरू हुनेछ । यसअघि प्रहरीले उनीविरुद्ध परेको मुद्दाको अनुसन्धान सकिसकेको छ ।

सन्दीपविरुद्ध भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो । त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनलाई त्यहाबाट नेपाल फर्किएलगत्तै असोज २० गते विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया