रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, चालक फरार
अखबार टुडे
प्रकाशित:
२०७९, १४ कार्तिक

बुटवल, १४ कात्तिक । रुपन्देहीमा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

छठ पर्व मनाउन घाट जाने क्रममा रूपन्देहीको ओमसतिया ४ मा नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।

कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको अर्यालले बताए ।

प्रतिक्रिया