‘केटीको’ गीतमा ढाका टोपीमा अमिताभ बच्चनको छमछमी (भिडियोसहित
अखबार टुडे
प्रकाशित:
२०७९, ६ कार्तिक

काठमाडौं, ६ कार्तिक । बलिउडका महानायक अमिताभ बच्चन ढाका टोपी ढल्काएर बारमा छमछम नाचेको भिडियो सार्वजनिक भएको छ । अमिताभ फिल्म ‘उचाइ’को ‘केटीको’ बोलको गीतमा छमछम नाचेका हुन् ।

नेपालमा छायांकन गरिएको यो बलिउड फिल्मको गीत शनिबार सार्वजनिक गरिएको हो । नकाज अजिजको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ ।

गीतको भिडिओमा अमिताभका अलावन अनुपम खेर, डेनी डेन्जोङ्पा र बोमन इरानी देखिएका छन् । भिडिओमा चारै जनाले नेपाली ढाका टोपी ढल्काएर नाचेका छन् ।

फिल्ममा बुढेसकालमा हिमाल चढ्न चाहने अमिताभ, बोमन र अनुपमको कथा देखाइएको छ । जसमा उनीहरूलाई सगरमाथासम्म पु¥याउने जिम्मा परिणिती चोपडाले पाएकी छन् । जो नेपाली पदयात्री बनेकी छन् ।

हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन् । नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो । मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन् ।

राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् । मित्रताको कथामा बनेको फिल्ममा अभिताभ, बोमन र अनुपम, परिणितीसँगै डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसनको मुख्य भूमिका छ । फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन् । यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया