बझाङमा जिप दुर्घटना : सात जनाको मृत्यु, ६ घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, २ कार्तिक

बझाङ, २ कातिक । बझाङमा जिप दुर्घटना परी सात जनाको मृत्यु भएको छ । बुधबार दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।

यस्तै दुर्घटनामा अन्य ६ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनसार घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

मृत्यु भएका चार जनाको सनाखत भएको छ । जसमा मष्टा २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का र बर्ष २८ की बसन्ती धामी रहेका छन् । अन्य बाँकी ३ जनाको सनाखत भइसकेको छैन ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया