र्यापर भिटेनले युट्युबबाट हटाए सबै गीत
प्रकाशित:
२०७९, २ कार्तिक

काठमाडौं, २ कात्तिक। र्यापर समिर घिसिङ (भिटेन) ले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट एउटा बाहेक सबै गीत हटाएका छन् ।
उनले केही दिनअघि रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक सबै गीत गायब बनाएका हुन् । उनले गीत किन हटाए कारण भने खुलेको छैन ।
यति मात्र होइन, इन्स्टाग्रामबाट पनि भिटेनले दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय छ ।
उनले किन यस्तो गरे भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । भिटेन गत सातासम्म जापानमा थिए । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
