कात्तिक १७ अघि आमसभा र चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गरिदिने आयोगको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ आश्विन

काठमाडौं, असोज ३१ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ ।

आयोगले राजनीतिक दलका उम्मेदवारलाई कात्तिक १७ गतेसम्म कोणसभा तथा आमसभा गर्न निषेध गरेको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ । त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिनेछ ।’

दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार–प्रसार गर्न पाउने उनले बताए । उनका अनुसार उम्मेदवार र राजनीतिक दलहरूले हाल २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलोको कार्यक्रम गर्न सक्नेछन् ।

घरदैलको क्रममा पनि राजनीतिक दलहरूले आचारसंहिता विपरीत तामझामका साथ भोजभतेर गर्न नपाउने उनको भनाइ छ । आचारसंहिता पालनाको सवालमा आयोग कठोर हुने उनले बताए ।

प्रतिक्रिया