आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन सिफारिस
अखबार टुडे
प्रकाशित:
२०७९, २८ आश्विन

काठमाडौं, असोज २८ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।

विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले मन्त्रालयले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको हो ।

सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन बाहेक), एक सय ५० सिसी माथिका मोटरसाइकलमा प्रतिबन्ध छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो ।

असार ३१ मा राजपत्रमा अर्को सूचना प्रकाशित गर्दै त्यसलाई भदौ १४ सम्म निरन्तरता दिइएको थियो । भदौ १५ गते सरकारले १० मध्ये ६ वस्तुमा लगाएको प्रतिबन्ध खुला गर्दै चार वस्तुको प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याएको थियो । सरकारले यी वस्तुमा लगाएको प्रतिबन्धको म्याद आजबाट सकिँदै छ ।

प्रतिक्रिया