सत्ता गठबन्धनले रौतहट-३ मा प्रभु साहलाई समर्थन गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, २७ आश्विन

रौतहट, २७ असोज । रौतहट–३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ ।

साहले एमालेको टिकट अस्वीकार गर्दै रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएपछि साहले आफू एमालेमा नरहेको घोषणा गरिसकेका छन् ।

पूर्वमाओवादी नेता रहेका साह पछिल्लो समय एमालेको स्थायी कमिटी सदस्य थिए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट–३ मा आफूहरुको उम्मेदवार रहेपनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको बताएका छन् ।

रौतहट–३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए । साहलाई समर्थन गर्ने औपचारिक सहमति भएसँगै पटेलको उम्मेदवारी निष्क्रिय हुने उनको भनाइ छ ।

रौतहटमा साहको बलियो प्रभाव छ । यसअघि उनले माओवादी केन्द्रबाट साह २०६४ र २०७० को संविधान सभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ को चुनाव पनि उनले त्यहीँबाट जितेका थिए ।

प्रतिक्रिया