एमाले अध्यक्ष ओलीमाथि भीम रावलले लगाए विभिन्न आरोप (पूर्णपाठ)
अखबार टुडे
प्रकाशित:
२०७९, २७ आश्विन

काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा आलीमाथि विभिन्न आरोप लगाउदै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले आज पत्रकार सम्मेलन गरेर रावलले पार्टीको विधि र सिद्धान्तविपरीत जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी अध्यक्षले चुनावी तालमेल गर्ने सहमति गरेकोप्रति असन्तुष्टि पोखे ।

उनले प्रश्न गर्दै भने, ‘तपाई (ओली) र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ गर्न मिल्छ । त्यो पार्टी सिद्धान्त विपरीत भएन ?’

लोसपाका नेताहरूलाई बिहान पार्टीमा भित्र्याएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका कुकर्म गरेकाहरूलाई पार्टीको उम्मेदवार बनाउने कुन सिद्धान्त विधि र अनुशासनभित्र पर्छ ? भन्दै प्रश्न गरे ।

युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएको एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति आक्रोश पोखे ।

निरङ्कुश व्यवस्थामा एमालेलाई नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति पनि असन्तुष्टि व्यक्ति गरे ।

प्रतिक्रिया