
काठमाडौं, २५ असोज । बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन गठबन्धनले आग्रह गरेको छ । यदि उम्मेदवारी फिर्ता नलिए सम्बन्धीत पार्टीले कारबाही गर्ने जनाइएको छ ।
मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गर्दै उम्मेदवारी फिर्ता नलिनेलाई सम्बन्धीत दलले कारबाही गर्ने चेतावनी दिएको हो ।
निर्वाचन आयोगले दिएको समयसिमा अनुसार बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता गर्न गठबन्धनले बागी उम्मेदवारलाई निर्देशन दिएको छ । सत्ता गठबनधनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
सत्ता गठबन्धनमा रहेका दलहरुमा टिकट वितरण असन्तुष्ट बनेकाहरुले बागी उम्मेदवारी दिएपछि यस्तो चेतावनी दिइएको हो । गठबनधनमा पनि नेपाली कांग्रेसका धेरै नेताले बागी उम्मेदवारी दिएका छन् ।
यसैबीच नेपाली कांग्रेसले छुट्टै विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता गर्न आफ्ना नेताहरुलाई निर्देशन दिएको छ । फिर्ता नगरे उम्मेदवार र समर्थकलाई समेत कारबाही गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
मंगलबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएपनि कसैले फिर्ता नगरेपछि कांग्रेसले यस्तो चेतावनी दिएको हो ।
बेठकपछि कांग्रेसले विज्ञप्ति जारी गर्दै तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी दिएको हो ।
पार्टीले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन भनेको हो । फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको हो ।

