काठमाडौं-१ बाट चुनाव लड्ने रवीन्द्र मिश्रको घोषणा
प्रकाशित:
२०७९, १४ आश्विन
काठमाडौं, १४ असोज (एजेन्सी) । हालैमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष मिश्रले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उम्मेदवारी घोषणा गरेका हुन् ।
उनी २०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट काठमाडौं–१ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
२०७४ को चुनावमा मिश्र नेता सिंहसँग थोरै मतले मात्र पराजित भएका तिए । सिंहले १० हजार ९ सय ३७ मत ल्याएका थिए भने मिश्र १० हजार १ सय १८ मत पाएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना