रवीन्द्र मिश्र बुधबार राप्रपा प्रवेश गर्ने
प्रकाशित:
२०७९, ११ आश्विन
काठमाडौं, असोज ११ । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी दिए । उनले भने, ‘राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार एकता घोषणा सभा हुँदैछ ।’ उनले विवेकशील साझाका केही नेताहरूलाई पनि राप्रपामा प्रवेश गराउने तयारी गरेको छ ।
मिश्रले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका छन् । विवेकशील साझाको अध्यक्षबाट मिश्रले गत वैशाखको स्थानीय चुनावपछि राजीनामा दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार