एमालेका सल्लाहकार गंगाराम यादवद्वारा पार्टी परित्यागको घोषणा
प्रकाशित:
२०७९, १० आश्विन

जनकपुरधाम, १० असोज । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
एमाले पर्टी कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताए ।
लामो समयदेखी एमालेको राजनीतिमा सक्रिय भुमिकामा रहेका उनी धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि रुष्ट बनेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले धनुषाको क्षत्र न. २ मा अरगरियालाई टिकट दिने भएपछि असन्तुष्ट रहेका यादव आज जसपामा प्रवेश गर्ने भएका छन् ।
आज उनले जनकपुरमा पत्रकार सम्मेलनमार्फत एमाले परित्यागको घोषणा गरेर जसपामा प्रवेश गर्ने कार्यक्रम छ । जसपाले यादवलाई धनुषाको क्षेत्र न. २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
