वैवाहिक जीवनमा बाँधिए बुद्धि तामाङ
प्रकाशित:
२०७९, ७ आश्विन
काठमाडौं, ७ असोज । अभिनेता बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् ।
शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्परा अनुसार उनीहरुको विवाह भइरहेको छ । बुद्धि र अनुको मागी विवाह भएको हो । ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन् ।
उनीहरूको विवाहमा नजिकका आफन्त र केही कलाकारहरू उपस्थित छन् । केदार घिमिरे ‘माग्ने बुढा’, अनुप बराल, अशोक शर्मा, विजय बराललगायत कलाकार विवाहमा उपस्थित छन् ।
अभिनेता बुद्धिले ’साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन् ।
‘कबड्डी’ फिल्म अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जसपा विभाजन : अशोक राईले भने- नयाँ ढंगले पार्टीलाई अघि लैजान लागेका हौं
सिधाकुरा डटकमलाई ‘सामाचार उपलब्ध गराउने स्रोत’ भनिएका तिमसिल्ना पक्राउ
सुदुरपश्चिम प्रदेश : एमालेले किन मुख्यमन्त्री सोडारीलाई गलाउन चाहन्छ ?
‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल-२०२४’ आयोजना हुँदै
आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना