मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु
प्रकाशित:
२०७९, ६ आश्विन

हेटौंडा, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिकामा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।
गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठका अनुसार ६ जनाको दुर्घटनास्थलमै ज्यान गएको र केही बसभित्र थिचिएको आशंका छ । दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
