संसद् सकिएपछि पनि चोलेन्द्रको महाभियोग बाँकी रहन्छ: पूर्वन्यायाधीश फोरम
अखबार टुडे
प्रकाशित:
२०७९, २९ भाद्र

काठमाडौं, भदौ २९ । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई आफ्ना सदस्यहरुप्रति लगाएको आरोप पुष्टी गर्न चुनौती दिएको छ ।

राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले फोरमका कुनै पनि सदस्यले भागबण्डा वा सहुलियत नखोजेको दाबी गरे ।

‘पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागवण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ,’ फोरमको विज्ञप्तिमा भनिएको छ ।

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले राणाले गरेको टिप्पणीले न्यायालयकै अपमान गरेको बताए । राणाले पूर्वन्यायाधीशहरुलाई महामण्डले भनी टिप्पणी गरेका थिए ।

पूर्वन्यायाधीश फोरमले संसदको कार्यकाल सकिएपछि महाभियोग समाप्त हुन नहुने माग गरे । पूर्वन्यायाधीश सिंहले महाभियोग अन्य जस्तो अभियोग नभएकाले यसलाई पुष्टि वा सफाइ नदिएसम्म नसकिने दावी गरे ।

उनले भने, ‘संसद् सकिएपछि महाभियोग सकिने कुरा पनि आएको छ । तर त्यसको अन्तिम निराकरण हुँनै पर्छ । नत्र ५४३ आरोप राणामाथि कामयै नै रहन्छ । यो कार्यकालले भ्याएन भने निरन्तर नै रहने विश्वभर अभ्यास रहेको छ ।’

उनले वाटर गेटमा पनि यस्तै भएको भन्दै नेपालमा पनि चोलेन्द्रको महाभियोग कायम नै रहनुपर्ने दावी गरे । राणाले बयानका क्रममा पूर्व न्यायाधीशहरुलाई विभिन्न आरोप लगाएपछि महाअभियोग समितिले उनीहरुलाई समेत बयानका लागि बोलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया