त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान
अखबार टुडे
प्रकाशित:
२०७९, २६ भाद्र

काठमाडौं, भदौ २६ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले पुत्ला दहन गरेको छ ।

सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि आज बिहान १० बजे त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।

नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगा टिपेर प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघलाई प्रहार गरेको थियो । प्रदर्शनका कारण दरमार्ग, रत्नपार्क र बागबजार क्षेत्रमा सवारी जाम भएको थियो ।

संसदको दुवै सदनबाट पारित भई दोस्रो पटक प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ । प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेकोमा नेविसंघले आपत्ति जनाएको छ ।

प्रतिक्रिया