उदयपुरमा एउटै परिवारका तीन जनाको हत्या, घटनामा संलग्न आशंकामा एक जना पक्राउ
प्रकाशित:
२०७९, १७ भाद्र

उदयपुर, १७ भदौं । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेको बताइएको छ । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।
बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल बिहान भएको थियो । उनले टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको बताएका छन् । उनले भने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’
प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
