काठमाडौं मलपछि आरबी कम्प्लेक्समा पनि चल्यो महानगरको डोजर
अखबार टुडे
प्रकाशित:
२०७९, ८ भाद्र

काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन थालेको छ ।

महानगरका प्रमुख मेयर बालेन्द्र साहको उपस्थितिमा आज बिहान सुनधारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना डोजर लागएर हटाइएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा थिए ।

यस्तै, महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ ।

भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर भुमिगत पार्किङमा समस्या भएको भन्दै सो संरचना हटाइएको हो ।

महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोज विपरीत संरचना बनाएर उपयोग गरिरहेकाले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ । केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको थियो ।

प्रतिक्रिया