शौच गराउँदा एक किलो सुन निस्किएपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, ५ भाद्र

काठमाडौं, ५ भदौ । प्रहरीले एक भारतीय नागरिकलाई शौचालय गराउँदा एक किलो सुन निस्किएको छ ।

शनिबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक ३१ वर्षका राहुल रेमानानले गतिविधि शंकास्पद देखिएपछि प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गर्दा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएको थियो ।

त्यसक्रममा प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको र त्यो झन्डै एक किलो रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया