
काठमाडौं, ३ भदौ । आज देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली हुने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेशबाहेक प्रदेशमा आइतबारसम्म नै भारी वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मुलकको पश्चिमी क्षेत्रमा धेरै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
