नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सरकारको निर्णय
प्रकाशित:
२०७९, ३१ श्रावण
काठमाडौं, ३१ साउन । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।
मंगलबार बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक पुनः संसदमा जस्ताको तस्तै पेश गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।
१५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक सोमबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।
प्रतिक्रिया