दर्जन तस्बिरमा मोडल कृजना डंगोल (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७९, २७ श्रावण

काठमाडौं, २७ साउन । भक्तपुर लोकन्थलीकी कृजना डंगोल मोडलिङ रमाउन चाहन्छिन् । सन् २०१७ मा ‘मिस नेवा’मा सहभागी भएपछि उनी मोडलिङमा होमिएकी हुन् । उनी त्यही वर्ष ‘मिस भक्तपुर’मा समेत सहभागी भएकी थिइन् । ‘मिस भक्तपुर’मा ‘सेकेण्ड रनरअप’ उपाधि जितेपछि कृजनाको मोडलिङा रुची बढेको हो ।

तेक्वान्दोका ब्ल्याक बेल्टसमेत रहेकी कृजनाले केही म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । उनले मोडलिङ गरेको पछिल्लो भिडियो ‘यो मुटुमा तिमलाई बास दिन्छु’ हो । जसमा बरिष्ठ गीतकार तथा फोटो पत्रकार हरिगोपाल प्रधानको शब्दरचना रहेको छ भने स्वर सरिता अधिकारीले दिएकी छन् । उक्त गीतले ‘वल्र्ड बुक रेकडस्’मा नाम राखेको राखेको थियो ।

प्रतिक्रिया