दाङ, २६ साउन । दाङमा एक शिक्षले आफ्नी छोरीसँग प्रेम भएको थाहा पाएपछि किशोरलाई निर्घात कुटपटि गरेको छ ।
राजपुर गाउँपालिका वडा नं. ३ स्थित जनज्योति माध्यामिक विद्यालय कक्षा १२ मा पढ्ने १९ वर्षीय मन्साराम यादवलाई सोही विद्यालयका शिक्षक पाटेश्वर यादवले निर्घात कुटपिट गरेका हुन् ।
शिक्षकले आफ्नी छोरीलाई नै फोन गर्न लगाएर एकान्तमा भेटन् बोलाएको र चारैतिरबाट घेरा हालि किशोरलाई निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
मन्सारामलाई निर्घात रुपमा कुटपिट गरेपछि नक्कली कागज बनाएको पनि प्रहरी कार्यालय गढवाले जनाएको छ ।
गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीका अनुुसार शिक्षक यावदले रातीको समयमा चोरी गर्न आएको हुँ भन्ने स्वीकार्न बाध्य बनाइ नक्कली कागज बनाएको पाइएको हो ।
पीडित मन्सारमले आफूमाथि कुटपिट भएको भन्दै साउन २३ गते गढवामा जाहेरी दिएपछि प्रहरीले शिक्षक पाटेश्वर यादव र यादवका दाइ धीरबहादुरलाई घटनाको दुइदिनपछि पक्राउ गरेको छ ।
कुटपिटमा संलग्न ३ जना भने अझै फरार रहेको गढवा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
कुटपिटबाट घाइते मन्सारामको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीका अनुसार घटना २१ गते राति दश बजेतिरको हो । कुटपटि गर्ने शिक्षकको छोरी र मन्साराम एउटै विद्यालयमा अध्ययनरत छन् ।