बझाङमा एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा भेटिए
प्रकाशित:
२०७९, २५ श्रावण
धनगढी, २५ साउन । बझाङमा एकै परिवारका तीनजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेको बझाङका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
उनका अनुसार मृत भेटिनेमा पुष्कर पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेका छन् ।
स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको बझााङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया