बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा आगलागी
प्रकाशित:
२०७९, २५ श्रावण
काठमाडौं, २५ साउन । काठमाडौंको बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको छ ।
आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको र ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको प्रवक्ता मैनालीले बताए ।
नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ ।
अहिलेसम्म आगलागीको कारण खुलिसकेको छैन । बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको हो ।
प्रतिक्रिया