प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकैचरणमा
प्रकाशित:
२०७९, १९ श्रावण
काठमाडौं, १९ साउन । सरकारले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने घोषणा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरी मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटाएका थिए ।
सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।
प्रतिक्रिया